जापानी मन्त्री यता, नेपालीहरु उता

जापानी मन्त्री यता, नेपालीहरु उता

जापानी भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका नेपाली नागरिकहरु अब जापान जान पाउने भएका छन् । एसएसडब्लु प्रणालीमार्फत् भाषा र सीप परीक्षा उत्तिर्ण गरेका आठ सय ५० जनाको जापान जाने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सन् २०१९ मार्चमा उक्त प्रणालीअन्तर्गत नेपाली कामदारलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने सम्बन्धमा नेपाल र जापान सरकारबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसमा जापानका १४ वटा विभिन्न क्षेत्रमा रोजगारीका लागि नेपाली कामदार लैजाने सहमति भएको हो ।

सोहीबारे अन्तिम छलफल गर्न जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ ।

टिप्पणीहरू