प्रचण्ड भेट्न सञ्चारमन्त्री हात्तीबन पुगे
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
सरकारले गठन गरेको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेल प्रचण्ड भेट्न हात्तीबन पुगेका थिए । भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि मन्त्री खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लिएर दलहरूले आशंका गरिरहेका बेला भएको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।
टिप्पणीहरू