प्रधानमन्त्री कार्की देउवा,ओली र प्रचण्डको मुख हेर्न प्रतिक्षारत
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेस,एमाले र नेकपाका सभापति, अध्यक्ष तथा संयोजकसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । उहाँहरुबीच भोलि संयुक्त बैठकको तयारीस्वरुप सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर निम्तो दिइसकेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न लागिएको जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री कार्की समेतको उपस्थितिमा शीतल निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि प्रधानमन्त्री कार्कीले भोलि संयुक्त भेटवार्ताको तयारी गर्नुभएको हो ।
टिप्पणीहरू