उपेन्द्र र कैलाशबीच कार्यगत एकता
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र कैलाश महतोको स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता भएको छ । आज ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा दुईबीच ९ बुँदे सम्झौता भएको हो ।
जसमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाको लागि संयुक्त रुपमा संघर्ष गर्ने, निर्वाचन प्रणाली दलविहिनताको आधारमा गर्न संघर्षरत रहने, संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन गर्न निरन्तर लडिरहने, प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघर्ष गर्नेलगायत रहेको छ ।
त्यस्तै, मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मानको लागि संघर्ष गर्ने, राज्यको सम्पूर्ण निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको लागि संयुक्त रुपमा आवाज उठाउने र आवश्यकताअनुसार भविष्यमा पनि एकता गर्ने सहमति भएको छ ।
टिप्पणीहरू