कर्मचारीको नियतमा खोट देखिए नछाडिने शहरी विकासमन्त्रीको चेतावनी

कर्मचारीको नियतमा खोट देखिए नछाडिने शहरी विकासमन्त्रीको चेतावनी

शहरी विकासमन्त्री मेटमणि चौधरीले कर्मचारीले नियत खराब राखेर काम गरे कडा कारवाही गरिने बताउनुभएको छ । उहाँले आफू कर्मचारी चलाउने पक्षमा नरहेको तर नियतमै खोट देखिए दण्डसहित कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

मन्त्रालयको अघिल्लो आर्थिक वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्षको कार्यक्रम र योजना कार्यान्वयनसम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री चौधरीले उक्त कुराको जानकारी गराउनुभएको हो । ‘मन्त्री भएको ३८ दिन भयो,मेरो मूल्याङ्कन तपाईंहरुले गर्नुभएकै होला । म कसैको चित्त दुखाउन चाहन्न,कुनै कर्मचारी चलाउने पक्षमा पनि छैन । तर नियतमै खोट देखिए कारबाही मात्र होइन दण्डसहित गरिनेछ,’ मन्त्रीले स्पष्ट भाषामा भन्नुभएको छ ।

मन्त्रालय र मातहत निकायका सचिवदेखि अधिकांश उच्च अधिकारी सहभागी गोष्ठीमा मन्त्रीले सबै सिष्टमबाट चल्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा केही उत्कृष्ट कर्मचारीलाई सम्मानसमेत गरिएको छ ।

टिप्पणीहरू