अष्ट्रेलिया भ्रमणपछि विवादमा परेका प्रधानसेनापति भेटघाटमा व्यस्त

अष्ट्रेलिया भ्रमणपछि विवादमा परेका प्रधानसेनापति भेटघाटमा व्यस्त

अष्ट्रेलिया भ्रमणपछि विवादमा तानिनुभएका प्रधानसेनापति प्रभुराम शर्माले स्वदेश फर्केलगत्तै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । अष्ट्रेलियाबाट अस्ति नेपाल फर्कनुभएका उहाँले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेट गर्नुभएको हो ।

सेनाको परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति भण्डारीलाई भेट्न बिहानै शीतल निवास पुग्नुभएका उहाँले झण्डै डेढ घण्टा लामो कुराकानी गर्नुभएको थियो ।

प्रधानसेनापति शर्माले हिजै अपरान्ह प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा भेटवार्ता गर्नुभयो । अपरान्ह साँढे ५ बजे बालुवाटार पुग्नुभएका उहाँ ६ बजे त्यहाँबाट बाहिरिनुभएको बताइन्छ ।

अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रीय कमाण्डको आयोजनामा अष्ट्रेलियामा भएको सेनाध्यक्षहरुको सम्मेलनमा भाग लिन नेपालबाट प्रधानसेनापति शर्मा जानुभएको हो । उहाँको भ्रमणलाई लिएर संसदमा प्रमुख प्रतिपक्ष एमालेसँगै सत्तापक्षका सांसदहरुले समेत प्रश्न उठाएका थिए ।

टिप्पणीहरू