आज संक्रमित ह्वात्तै बढे, एक जना बिते

आज संक्रमित ह्वात्तै बढे, एक जना बिते

आज मुलुकभर नौ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार तीन सय ५१ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार आठ सय ६२ जनाको पिसीआर परीक्षणमा चार सय ९८ र दुई हजार चार सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ३६ जना संक्रमित थपिएका छन् । योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या पाँच हजार छ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार सय ७० जना संक्रमित निको भएका छन् । आजै कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै देशभर ११ हजार ९ सय ७२ जनाको ज्यान गएको हो ।

टिप्पणीहरू