तनहुँमा भोलि सार्वजनिक बिदा

तनहुँमा भोलि सार्वजनिक बिदा

तनहुँको व्यास नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ । विश्व आदिवासी जनजाति दिवसको अवसरमा नगरपालिकाले पालिकाभर बिदा दिने निर्णय गरेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले योसँगै अन्य थुप्रै निर्णय गरेको छ । आगामी भदौ १ गतेदेखि नगरपालिकाको मूल कार्यालयमा टेलिफोन कल सेन्टर र सबै वडामा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा निःशुल्क गर्ने निर्णय भएको प्रवक्ता जीवन गुरुङले बताए ।

त्यस्तै, नगरपालिकाअन्तर्गतका मादी र सेती नदीबाट उत्खनन हुने ढुङ्गा, गिट्टी, बालुवासम्बन्धी प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।

शीतलचोक युवा क्लबद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता र अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसमा सहयोग गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू