युवाले मनपराएको ‘सही यो ! पावर सिम’ पुन: सञ्चालनमा

युवाले मनपराएको ‘सही यो ! पावर सिम’ पुन: सञ्चालनमा

एनसेल आजियाटा लिमिटेडले युवा लक्षित ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको छ । युवाहरुले धेरै मनपराएको स्टार्टर प्याक पुन सञ्चालनमा आएको हो ।

इन्स्टाग्राम, माईफाईभलगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको विशेषता भएको एनसेलले जनाएको छ । ग्राहकहरुले करसहित ९७ रुपैंयामा यो सिम लिन सक्नेछन् ।

यो सिममा ग्राहकले २० रुपैंयाको मेन व्यालेन्ससहित सात दिन समयावधि रहेको दुई सय एमबी डेटा, २० मीनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् । यसका साथै प्याक सुचारु भएको एक महिनासम्म निःशुल्क रुपमा इन्स्टाग्राम चलाउन सकिनेछ ।

माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै पनि पाँच वटा एनसेल नम्बरहरु मिलाई प्रतिमीनेट ५० पैसामा कुराकानी गर्न पाउनेछन् । ग्राहकले सिम सुचारु गरेको दुईदेखि ६ महिनाको अवधिभित्र ५० रुपैंया वा सोभन्दा बढीको रिचार्ज गरेमा इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुने बताइएको छ ।

निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कूल ६ महिनासम्म सञ्चालनमा रहनेछ । ग्राहकले १७१६४ डायल गरी माइफाइभ सेवाअन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्न सक्छन् ।

यस प्याकअन्तर्गत ग्राहकले ‘मेरो स्कुल’, ‘रमाइलो गेम्स्’ र ‘हङगामा म्यूजिक’जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्ने एनसेलले जानकारी दिएको छ । यो सिम लिनका लागि नागरिकता, म्याद नसकिएको सवारी चालक अनुमतिपत्र, राहदानी वा विद्यार्थीको परिचयपत्र र एकप्रति फोटो आवश्यक पर्दछ ।

टिप्पणीहरू