प्रचण्ड र माधव नेपालले गलत बाटो रोजेको योगेश भट्टराईको दाबी
नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी मंसिर ४ गते हुने निर्वाचन एमालेका लागि चुनौती मात्र नभएर ठूलो अवसर भएको बताउनु भएको छ । नेकपा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी चुनावमा एमालेले दुई तिहाई नल्याए पनि बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
एमालेविरुध्द सबै शक्ति एक भएकाले पनि एमाले शक्तिशाली पार्टी रहेको पुष्टि भएको उहाँको भनाइ छ । एमालेसँग एक्लाएक्लै निर्वाचन लड्न नसक्ने भएकाले अरु पार्टीले गठबन्धन गरेको उहाँको दाबी छ ।
समाजवादको यात्रामा हिँडेका प्रचण्ड र माधवकुमार नेपाल गलत बाटो हिँडेको उल्लेख गर्दै भट्टराईले भन्नुभयो, ‘सबैभन्दा अयोग्य शेरबहादुर देउवालाई चालकको सिटमा राखेर उहाँहरु गन्तव्यमा पुग्नुहुन्न । यही अवस्था रहेमा उहाँहरु दुघर्टना सहन बाध्य हुनुपर्छ ।’
टिप्पणीहरू