दिनहुँ औसतमा एक जना विदेशी निस्कासित, सबैभन्दा धेरै चिनियाँ र अमेरिकी

दिनहुँ औसतमा एक जना विदेशी निस्कासित, सबैभन्दा धेरै चिनियाँ र अमेरिकी

नेपालमा गैरकानुनी क्रियाकलापमा संलग्न रहेका एक सय ३३ जना विदेशी नागरिकलाई निस्कासन गरिएको छ । सरकारले पछिल्लो तीन महिनामा त्यस्ता क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशीलाई देश निकाला गरेको हो ।

उनीहरुलाई गत वैशाख १ गतेदेखि असार मसान्तसम्ममा निस्कासन गरिएको अध्यागमन विभागले जनाएको छ । यसरी निस्कासित हुनेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिक छन् ।

विभागका अनुसार सो अवधिमा सरकारले २५ जना चिनियाँ र १९ जना अमेरिकी नागरिकलाई देश निकाला गरेको हो ।

यसैगरि क्यानाडा र फ्रान्सका १०, १० जना, नौ जना बेलायती, चार जना पाकिस्तानी, एक जना अल्जेरिया, चार जना अष्ट्रिया, दुई जना अष्ट्रेलिया, एक जना बेलारुसलगायत देशका छन् ।

टिप्पणीहरू