सबैलाई समान सिट बाँडफाँड गर्न झलनाथको सुझाव
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धनमा रहेका सबै दलबीच समान हिसाबले सिट बाँडफाँड गर्न सुझाव दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा उक्त सल्लाह दिनुभएको बताइएको छ ।
नेता खनाल आज प्रधानमन्त्रीलाई नेपाली चियाको गुणस्तरबारे अन्य मुलकमा भइरहेका गलत प्रचारबारे जानकारी गराउन बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्रीसँग भेट गरेपछि बाहिरिँदै गर्दा उहाँले दलहरुबीच समान ढंगले सिट बाँडफाँड गर्नुपर्ने कुरो उल्लेख गर्नुभएको हो ।
उहाँले सबै पार्टीले अघिल्लो संसदीय निर्वाचन र गत स्थानीय तहको निर्वाचन परिणामलाई विश्लेषण गरेर सिट बाँडफाँडको सिद्धान्त अपनाउन सुझाव दिनुभएको बताइन्छ । सोही प्रसंगमा उहाँले गठबन्धनमा सहभागी दलहरुलाई अपमान गर्ने कार्य भएमा चुनावमा तालमेल हुन नसक्ने र सिट बाँडफाँडमा सबै उदार हुनुपर्ने धारणा राख्नुभएको हो ।
त्यसैगरि वाम एकताको लागि सबैभन्दा ठूलो दलले कुनै पहल नगरेकाले तत्काल बृहत वाम एकताको सम्भावना नरहेको पनि उहाँको निचोड छ ।
टिप्पणीहरू