सशस्त्र प्रहरी जवानको साथमा डेढ किलो चरेश
लागुऔषध चरेससहित एक जना सशस्त्र प्रहरी बलका एक जना जवान समातिएका छन् । जिल्ला प्रहरी कार्यलय, कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार बझाङको दुर्गाथली गाउँपालिका–४ घर भएका गणेश जोशी हिजो डेढ किलो चरेससहित पक्राउ परेका हुन् ।
उनलाई धनगढी उपमहानगरपालिका–४, धनगढी भन्सार नजिकैको सिटी होटलबाट हिजो नियन्त्रणमा लिइएको हो । नियन्त्रणपछि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उनी कैलालीमा रहेको सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनीको मुख्यालयमा कार्यरत रहेको डिएसपी जोशीले बताए ।
टिप्पणीहरू