पशु स्वास्थ्य विधेयकमा गम्भीर त्रुटी, भेटेरिनरी डाक्टरहरुको आपत्ति

पशु स्वास्थ्य विधेयकमा गम्भीर त्रुटी, भेटेरिनरी डाक्टरहरुको आपत्ति

नेपाल भेटेरिनरी एसोसिएसनले हालै प्रतिनिधिसभामा पेश भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ मा गम्भीर त्रुटी भएको आरोप लगाएको छ । एसोसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले विधेयकमा निकै ठूलो त्रुटी भएको बताएका छन् ।

त्यस्ता त्रुटी सच्याउन माग गर्दै अध्यक्ष डा.श्रेष्ठले पशुपालन क्षेत्रलाई नै तहसनहस हुने ढंगबाट कानुन निर्माण हुनु अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित हुने बताए । विधेयकले भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पुर्याउने काम गरेको जनाउँद उनले भने, ‘विधेयकमा सम्पूर्ण माननीय सांसदहरुको ध्यानाकर्षणको निम्ति गम्भीर तवरले अनुरोधसमेत गर्न चाहन्छु ।‘

स्नातक भेटेरिनरी डाक्टर र अधिकतम ३० महिने डिप्लोमा १० जोड दुई गरेका पशु प्राविधिकहरुले गर्ने पशु चिकित्सकीय काम र अधिकारमा कुनै भिन्नता नराखी उक्त विधेयक ल्याइएको अध्यक्ष डा. श्रेष्ठको दाबी छ ।

अस्ति संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीले प्रतिनिधिसभामा पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ पेश गर्नुभएको थियो ।

टिप्पणीहरू