प्रधानमन्त्रीका पत्नी र पुत्र पालैपालो दिल्ली प्रस्थान

प्रधानमन्त्रीका पत्नी र पुत्र पालैपालो दिल्ली प्रस्थान

नेपाली काँग्रेस नेतृ डा. आरजु राणा स्वदेश फर्केको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवा तथा डा. राणाका एक मात्र सुपुत्र नयाँ दिल्लीतिर लागेका छन् । उपचारको निम्ति पछिल्लो पटक झण्डै तीन साता नयाँ दिल्लीमा बस्नुभएकी राणा यता आएको एक सातापछि स्यानिटरी प्याड आयात व्यापारमा संलग्न भनिएका छोरा जयवीर सिंह देउवा हिजो साँझ त्यसतर्फ गएका हुन् ।

जय सिंह देउवा भिष्टारा एयरलाइन्सको उडान नम्बर युके १५६ बाट हिजो साँझ सवा ५ बजे नयाँ दिल्ली गएको बालुवाटार श्रोतले पुष्टि गरेको छ । पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा,प्रधानमन्त्रीको कार्यालयमा रहेका विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठलगायतको समूहमा मिसिएका उनलाई समेत चालु आर्थिक वर्षको बजेटमा महिलाहरुले मासिक धर्मको बेला प्रयोग गर्ने स्यानिटरी प्याड आयातमा लाग्दै आएको भन्सार छुटको व्यवस्था मिलाएको आरोप लागेको छ ।

महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा चलखेल गर्ने जय सिंह र राज्यमन्त्री श्रेष्ठ दुबै अविवाहित हुन् । प्रधानमन्त्री पुत्र बेलायतबाट अध्ययन पूरा गरेर फर्केपछि धर्म कर्म,थप पढाइ,देशको धरातलीय यथार्थ बुझाइभन्दा व्यापारिक खेलो फड्कोमा संलग्न हुँदै आएका छन् ।

वर्षको आठ अर्ब रुपैयाँभन्दा बढीको स्यानिटरी आयातमा गरिएको भन्सार छुटबाट सोझै ८० करोड जोगाउने खेल भएको आरोप स्थानीय स्यानिटरी उत्पादक कम्पनीहरुले लगाएका छन् । बजेटमा स्थानीय प्याड उत्पादकहरुले मगाउने कच्चा पदार्थमा भने भन्सार थोपरिएको छ ।

सबैभन्दा रोचक पक्ष चाहिँ महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा चलखेल गर्ने जय सिंह र राज्यमन्त्री श्रेष्ठ दुबै अविवाहित हुन् । प्रधानमन्त्री पुत्र बेलायतबाट अध्ययन पूरा गरेर फर्केपछि धर्म कर्म,थप पढाइ,देशको धरातलीय यथार्थ बुझाइभन्दा व्यापारिक खेलो फड्कोमा संलग्न हुँदै आएका छन् ।

टिप्पणीहरू