न पत्नी सुख,न सन्तान सुख,२३ बर्षदेखि पुरुषको बिचल्ली,६५ लाखमा सम्बन्धमुक्त
ललितपुर जिल्ला अदालतको एउटा इजलासमा हिजो दिउँसो न्यायाधीशले ६५ लाख ५० हजारको चेक बुझ्नुभयो र लगत्तै भुक्तानीको लागि खातामा रकम रहेको ज्ञारेण्टीयुक्त “गुड फर पेमेण्ट” वाला उक्त चेक वादी महिलालाई त्यहीँ हस्तान्तरण गर्नुभयो । माहौल सुनसान थियो । छेवैमा त्यो चेक उपलब्ध गराउने पुरुष नाजवाफ,निरीह भएर यी सब प्रक्रिया हेरिरहेको क्षण भावुक देखिन्थ्यो ।
भलै चेक बुझ्दै गरेकी महिला भने फुरुङ्ग देखिन्थिन् । उनले ठूलै युध्द जितेको भान देखाइन् भने इजलासको एउटा बेञ्चमा बसेका ती पुरुष जीवनको सबैभन्दा ठूलो हारको रुपमा दुःख मनाउ गरिरहेका थिए ।
लाखौंको चेक बुझ्ने महिला कागजी रुपमा नेपाली भए पनि मानसिक रुपमा अमेरिकी हुन् । २३ वर्षदेखि अमेरिका बस्दै आएकी छन् । जबको उनको छोरो नै २८ वर्षको छ । ती पनि उतै बस्छन् । उही सन्तानको बाबु भनिएका पाटन सुन्धारा बस्ने रवि चिपालु ८५ वर्षका बृध्द पिता स्याहारेर यतै बस्छन् । काठमाडौंमा बाबु,छोरा बसेका छन् भने अमेरिकामा रहेकी कागजी रूपमा ती श्रीमतीले २० वर्षदेखि अर्कैसँग लिभिङ टुगेदरको हैसियतमा बस्दै आएको फेसबुकमै लेखेकी छन् ।
“अवकाशप्राप्त जीवनमा बुबाले कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीमा राखेको पैसा सहकारी डुबाएर मालिक राम गौतम बेपत्ता भएपछि निकाल्न सकेका छैनन् यसर्थ महङ्गो ब्याजमा ऋण धन गरेर बल्लतल्ल जोहो गरेका हुन् । लामो समयसम्म अदालतमा अड्केको मुद्दा अमेरिकाबाट आएर पत्नीले पैसा बुझेपछि अहिले बल्ल छिनोफानो भएको छ ।”
सम्बन्ध विच्छेदको लागि डेढ करोडको प्रस्ताव राखेकी श्रीमतीले हिजो अदालतका श्रीमानको हातबाट आफ्नै श्रीमानको चेक बुझेकी हुन् । अवकाशप्राप्त जीवनमा बुबाले कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीमा राखेको पैसा सहकारी डुबाएर मालिक राम गौतम बेपत्ता भएपछि निकाल्न सकेका छैनन् यसर्थ महङ्गो ब्याजमा ऋण धन गरेर बल्लतल्ल जोहो गरेका हुन् । लामो समयसम्म अदालतमा अड्केको मुद्दा अमेरिकाबाट आएर पत्नीले पैसा बुझेपछि अहिले बल्ल छिनोफानो भएको छ ।
रवि लामो समयदेखि बेरोजगार छन् । बृध्द पितालाई अस्पताल ल्याउने- लाने,बिहान बेलुका पकाएर ख्वाउनेमै उनको दिन बित्छ । सबैभन्दा रमाइलो पक्ष त के भने उनै महिला अर्थात बुहारीलाई ससुराले आफ्ना छोरी ज्वाइँ पनि उतै भएकोले २३ वर्षअघि परिवारसँगै अमेरिका घुम्न जाने चाँजोपाँजो मिलाइदिएका थिए । सरकारी उच्च ओहोदामा रहेका ससुराले दुःखजिलो गरेर अमेरिका घुम्न पठाउनुको सजायँ अहिले बाबु छोराले झेल्नु परेको भन्दै अदालतका कर्मचारीहरु टिप्पणी गर्दै थिए ।



टिप्पणीहरू