कर्मचारीको निधनपछि धनुषा जिल्ला प्रशासन ठप्प
कर्मचारीको निधन भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाको सेवा बन्द गरिएको छ । कर्मचारीको निधनका कारण आज एक दिनका निम्ति सेवा बन्द गरिएको बताइएको छ ।
प्रशासकीय अधिकृत बालवीर ठाकुरको आज हृदयाघातका कारण निधन भएकाले सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । त्यसैगरि कार्यालयमा कार्यरत ९ जना कर्मचारी भाइरल ज्वरोेबाट संक्रमित भई होम आइसोलेसनमा बसेकाले एक दिनका लागि सेवा स्थगित गरिएको जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू