बाढीमा मानिस जोगिए, बंगुर बगे
गए रातिको अविरल वर्षापछि आएको बाढीले भक्तपुरको मध्यपुर थिमीस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ । बाढी बस्तीमा छिर्दा घर टहरा बगाएको छ भने पशुपन्छी, खाद्यान्न, लत्ताकपडासहित धनमालमा क्षति पुगेको छ ।
चाँगुनारायण नगरपालिका ४ मनोहरा खोलाको निलो पुल नजिक सुनसरीका हरि राईको बंगुर फार्मबाट बाढीले चार वटा बंगुर बगाएको छ ।
त्यस्तै मध्यपुर ठिमी नगरपालिका २, मनोहरा खोला किनारमा सिन्धुली घर भई हाल सानो ठिमी दिब्येश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका ७० वर्षीय वृद्ध पेमा तामाङको टहराभित्र रहेको २६ बोरा चामल पानीले भिजेको छ । केही कुखुराका चल्ला बाढीले बगाएको प्रहरीले जनाएको छ ।
तर सोही प्लानिङमा अमर लामाको बंगुर फार्ममा बाढी पसेपछि पाँच सय हाँस, दुई सय बंगुर र दुई वटा गाईको उद्धार गरिएको थियो ।
टिप्पणीहरू