माओवादी जनताको बीचमा जान चुकेको प्रवक्ताकै ठहर

माओवादी जनताको बीचमा जान चुकेको प्रवक्ताकै ठहर

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराले पार्टीलाई मजबुत बनाउन जनतामा जानै पर्ने बताउनुभएको छ । आज पार्टीको लुम्बिनी प्रदेश कमिटी बैठकमा बोल्दै उहाँले जनताको बीचमा गएर मात्रै पार्टीलाई सुधार्न र जीवन्त बनाउन सकिने कुरो राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘जनतालाई कसको सरकार छ भन्ने विषय गौण हुन्छ । तर कुन पार्टीले कस्ता किसिमका योजना कार्यक्रम, ल्याएको छ भन्ने विषय प्रधान हुने भएकाले सम्पूर्ण शक्ति पार्टी निर्माणमा लाग्नुपर्छ ।’

समाजवादी केन्द्रको नेतृत्व र उसले लिने विचार माओवादी केन्द्रकै हुने महराको तर्क छ । विचार र नीति स्थापित गर्न आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा जनमतमा व्यापक सुधार ल्याउन अगुवा कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।

टिप्पणीहरू