जेलभित्रै मूर्दावादको नारा घन्कियो,घोटाला गर्ने कैदीको सरुवा

जेलभित्रै मूर्दावादको नारा घन्कियो,घोटाला गर्ने कैदीको सरुवा

ललितपुरको नक्खु कारागारमा कैदीहरुले आर्थिक शोषण भएको भन्दै आन्दोलन गरेका छन् ।

नख्खु सुधार गृहको नयाँ ब्लकका सयौँ कैदीबन्दीले आज दिउँसो भेला भएर आन्तरिक प्रशासनमा नवनियुक्त लागूऔषध अपराधमा सजाय भोगिरहेका चौकिदारहरु (नाइके) सन्तोष गुरुङ र आइते तामाङविरुद्ध प्रदर्शन गरेका हुन् । गुरुङ र तामाङ्गले चरम आर्थिक घोटाला गरेको आरोप लगाउँदै आन्दोलनकारी कैदीहरुले उनीहरुलाई हटाउनुपर्ने माग राखेका छन् ।

त्यसक्रममा उनीहरुले ‘आइते तामाङ्ग र सन्तोष गुरुङ्ग चोर हो’, ‘यिनीहरुलाई तुरुन्त कारबाही गर !’, ‘छानबिन राम्रोसँग होस् !’ जस्ता नारावाजी गरेका थिए ।

कैदीहरुको चर्को नारावाजीसहितको प्रदर्शनपछि चौकिदार गुरुङ्गलाई कास्की जिल्ला कारागार पठाइएको कारागार प्रशासनले जानकारी दिएको छ । नक्खुको उक्त ब्लकमा ४६३ जना कैदीबन्दी छन् ।

टिप्पणीहरू