राज्यलाई ‘ट्रयाप’ मा पार्नेलाई छाडिँदैन : सहरी विकासमन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणि चौधरीले राज्यलाई अप्ठेरो (ट्र्याप) मा पार्ने गिरोहलाई नछाडिने प्रतिबध्दता जनाउनुभएको छ । उहाँले राजधानीबाट प्रशारित एक टेलिभिजनमा भएको बहस कार्यक्रममा भाग लिने क्रममा उक्त कुरा बताउनुभएको हो ।
मन्त्रीले भन्नुभयो “आफू मन्त्री भइसकेपछि तपाईंलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछुसम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ ? कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन् ?’
“आफू मन्त्री भइसकेपछि तपाईंलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछुसम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ ? कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन् ?’
यसअघि सहरको नक्सांकन गर्नेहरुले, ठेकेदारहरुले नाफा कसरी कमाउने भन्ने मात्र सोचेकाले आज अधिकांश सहर बिग्रिएको उहाँको ठहर छ । ‘विकासमा जनतालाई जोड्ने मोडेलबाट मात्र सफलता प्राप्त हुन्छ,’ मन्त्रीले भनाइ छ ।
आफ्नो कार्यकाल छोटो रहेको बताउँदै फोहोर व्यवस्थापन र सवारी जामको स्थायी समाधान गर्ने प्रतिबद्धता पनि दोहोर्याउनुभएको छ । राजधानी काठमाडौँसँग जोडिएका ठाउँमा तीन वटा ठूला सहर बनाउने, गैरकानुनी ढंगले बनाइएका भवन हटाउनेदेखि भूकम्पीय दृष्टिले जोखिमयुक्त अपार्टमेन्टबारेसमेत अध्ययन गरिरहेको मन्त्रीको भनाइ छ ।
टिप्पणीहरू