वीरगञ्ज भन्सार नजिकै ड्युटीमा खटिएका कर्मचारी कुटिए

वीरगञ्ज भन्सार नजिकै ड्युटीमा खटिएका कर्मचारी कुटिए

वीरगञ्जस्थित नेपाल–भारत सीमानाकामा ड्युटीमा खटिएका कार्यालय सहयोगी बमबहादुर बिशंखेमाथि कुटपिट भएको छ । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मधुसुदन पौडेलले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

सोमबार राति ११ बजेको समयमा केही व्यक्ति निजी नेपाली नम्बर प्लेटको सवारी साधनबाट नेपाल प्रवेश गर्न खोजेका थिए । अध्यक्ष पौडेलले ड्युटीमा रहेका कर्मचारीमाथि एक्कासी कुटपिट गरेर उनीहरुले आफूलाई प्रहरी भनको सन्दर्भ उल्लेख गरेका छन् ।

राष्ट्रसेवक कर्मचारीमाथि गरिएको ज्यादती राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै संगठनले सभ्य समाजका लागि उक्त घटना कलंक हुने ठहर गरेको छ ।

‘उपरोक्त घटनाक्रमले राज्यको अत्यन्त संवेदनशील मानिने सीमानाकाको व्यवस्थापनमा खटिने कर्मचारीहरूको मनोबल खस्काउने र जीउ ज्यानको सुरक्षाको चुनौतीमा कर्मचारीले प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने देखाउँछ,’ उनको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू