आईटीतर्फ उत्कृष्ट अवार्ड गोल्डेन टेक्नोसफ्टलाई
गोल्डेन टेक्नोसफ्टले मुलुककै सबैभन्दा ठूलो प्रविधि सम्मान हासिल गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) र ब्लकचेन प्रविधिमा केन्द्रीत उक्त कम्पनी मुलुककै अग्रणी प्रविधि कम्पनीको पहिचान बनाउँदै ‘आईसिटी अवार्ड–२०२५’ हासिल गर्न सफल भएको हो ।
त्योसँगै उक्त कम्पनी लुम्बिनी प्रदेशको उत्कृष्ट स्टार्टअप कम्पनी बनेको छ । नेपालको प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र विश्वासिलो अवार्डको रुपमा परिचित ‘आईसिटी अवार्ड–२०२५’ बाट सम्मानित हुनु नवप्रवर्तन, गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय दृष्टिकोणको स्पष्ट प्रमाण भएको कम्पनीले जनाएको छ ।
आधुनिक प्रविधिको प्रयोगमार्फत वास्तविक व्यवसायिक समस्या समाधान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कम्पनीले एआईमा आधारित समाधान, ब्लकचेन प्लेटफर्म, क्रिप्टोकरेन्सीसम्बन्धी परियोजना तथा स्मार्ट च्याटबाट विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
नेपाल र संयुक्त राज्य अमेरिकामा कम्पनीको मुख्य कार्यालय रहेको छ भने ब्राजिल, लाइबेरिया र नेदरल्याण्ड्समा भएको सम्पर्क कार्यालयमार्फत अन्तर्राष्ट्रिय ग्राहकहरुसँग सहकार्य गरिँदै आइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ ढकाल आफ्नो टिमको मेहिनेतकै कारण सो अवार्ड पाउन सफल भएको बताउँछन् ।
उनले भने,‘आईसीटी अवार्डजस्तो प्रतिष्ठित राष्ट्रिय अवार्डबाट सम्मानित हुनु हाम्रो टिमको मेहिनेत, दीर्घकालीन दृष्टिकोणको परिणाम हो । हामी नेपालमै रहेर विश्वस्तरीय एआई र ब्लकचेन समाधान विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
अवार्ड जितेको खुशीमा निःशुल्क परामर्श सेवा
कम्पनीले अवार्ड जितेको अवसरमा निःशुल्क प्रविधि परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली व्यवसाय र संस्थाहरुलाई परामर्श सेवा दिने कम्पनीले जनाएको छ । निःशुल्क परामर्श सेवा लिन कम्पनीका प्रमुख व्यवसाय अधिकृत राजन काफ्लेलाई सिँधै सम्पर्क गर्न सकिनेछ । उनको सम्पर्क नम्बर ९७०५३८७६२३ रहेको छ ।
टिप्पणीहरू