उपभोक्ता समितिको अध्यक्षमा महिलालाई प्राथमिकता
बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलालाई प्राथमिकता दिने भएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिलालाई प्राथमिकता दिने निर्णय गरेको बताइएको छ ।
बैठकले गरेको निर्णयमा उपभोक्ता समितिको गठन प्रक्रियामा प्रमुख पदमा महिलालाई प्राथमिकता दिने उल्लेख छ । महिलाको हातमा जिम्मेवारी सुम्पिँदा काम भरपर्दो हुने भएकाले सो निर्णय गरेको सूचना अधिकारी महेशप्रसाद भट्टले बताए ।
साथै, यसबाट उनीहरुले केही सिक्ने र ज्ञान प्राप्त गर्ने मौका पाउने उनको भनाइ छ । हाल उपभोक्ता समिति गठन प्रक्रियामा रहेको बताइन्छ ।
टिप्पणीहरू