आतंकवादसङ्ग लड्न भारतको आमन्त्रण
भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूलाई प्रतिआतंकवादसम्बन्धी विशेष सत्रमा सहभागी हुन आमन्त्रण गरेको छ । आगामी अक्टोबरमा हुन लागेको काउन्टर–टेरोरिज्म कमिटीको विशेष सत्रमा भाग लिन निम्तो गरिएको जानकारी दिइएको छ ।
उक्त कमिटीको उच्चस्तरीय विशेष सत्र भारतको नयाँ दिल्ली र मुम्बईमा हुन लागेको छ । अक्टोबार २८ र २९ तारिखका दिन हुने उक्त सत्रमा आतंकवाद नयाँ खतरा बारेको जानकारी आदानप्रदान गर्ने र त्यसको प्रभावकारी सामना गर्नेबारे छलफल हुने बताइएको छ ।
भारत सुरक्षा परिषद्अन्तर्गत एन्टी टेरोरिज्म कमिटीको अध्यक्ष हो । राष्ट्र संघका लागि भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले भनिन्, ‘आतंकवादी र हिंसात्मक चरमपन्थी प्रचार फैलाउन इन्टरनेट र सोसल मिडिया प्लेटफर्मको बढ्दो प्रयोग भएको सन्दर्भमा सरकार र सम्बन्धित उद्योगका सामु समान चुनौती खडा भएको छ ।’
भर्चुअल सम्पत्ति, अनलाइन एक्सचेञ्ज र वालेट,गोप्य सिक्का (ईएसीहरू) र दोहोरो प्रयोग प्रविधिको सम्भावित दुरुपयोगलगायत आर्थिक कोषहरू स्थानान्तरण एवम् भण्डारणमा नयाँ प्रविधिको प्रयोगले आतंककारी जोखिम निम्त्याएको भारतको बुझाइ छ । त्यसैले यस्ता कार्यलाई दुरुत्साहन गर्न विशेष सत्रको आयोजना गरिएको रुचिराको भनाइ छ ।
टिप्पणीहरू