प्रचण्डसङ्ग साउती गर्दै बाबुराम र वामदेव
जापानको पाँच दिने भ्रमण पूरा गरेर स्वदेश फिर्ता भएपछि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा नेताहरुको भीड लाग्न थालेको छ । अस्ति अपरान्ह काठमाडौं आउनुभएका दाहाललाई भेट्न हिजो बिहानैदेखि माओवादी तथा अन्य दलका नेताहरु त्यहाँ पुग्नुभएको छ ।
हिजो बिहान खुमलटार पुग्नेमा सबैभन्दा पहिले नेकपा एकता अभियानका संयोजक वामदेव गौतम हुनुहुन्थ्यो । त्यसपछि केहीबेरमा माओवादी नेता देव गुरुङ पुग्नुभयो । गुरुङ पुगेपछि अध्यक्ष दाहालसँग उहाँहरुको सामूहिक भेटवार्ता भएको बताइन्छ । उक्त कुराकानी झण्डै ४५ मीनेटसम्म भएको र ९ बजेको हाराहारीमा गौतम र गुरुङ त्यहाँबाट बाहिरिनुभएको हो ।
उहाँहरु बाहिरिएको ५ मीनेटपछि नारायणकाजी श्रेष्ठ खुमलटार पुग्नुभएको बताइन्छ । श्रेष्ठसँगै डा. बाबुराम भट्टराई पनि भेटघाटको लागि प्रचण्ड निवास छिरेपछि अध्यक्ष दाहाल र उहाँहरुबीच सवा ९ बजेदेखि करिब २० मीनेट संक्षिप्त भेटवार्ता भएको हो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठसमक्ष वाम समाजवादी मोर्चा बनाएर एउटै चुनाव चिन्हमा चुनावमा जाने प्रस्ताव राख्नुभएको थियो । तर, प्रचण्ड र श्रेष्ठले त्यसबारे केही उल्लेख नगरेको बताइन्छ ।
टिप्पणीहरू