सुर्ती पनि अर्बौंको ल्याइन्छ

सुर्ती पनि अर्बौंको ल्याइन्छ

पछिल्लो एक वर्षमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ नेपाल ल्याइएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा तीन अर्ब ६९ करोड २७ लाख ८९ हजार रुपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ नेपाल भित्रिएको छ ।

गतवर्ष दुई अर्ब ९८ करोड ४१ लाख ६५ हजार रुपैयाँको सुर्ती नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा तीन करोड ८८ लाख ३८ हजार रुपैयाँको चुरोट नेपाल भित्रिएको छ । त्यसैगरी गत आर्थिक वर्ष नेपालमा आठ करोड ७८ लाख १४ हजार रुपैयाँको हुक्का नेपाल भित्रिएको थियो ।

विभागका अनुसार भारत, चीन, हङकङ, ताइवान, कम्बोडिया, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, सर्बिया, युनाइटेड अरब इमिरेट्स, जोर्डन, अमेरिका, मलेसियालगायत देशबाट नेपालमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ आउने गर्दछ ।

त्यसअघि तीन अर्ब १८ करोड ७० लाख ६६ हजार रुपैयाँको चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रिएको थियो

टिप्पणीहरू