सर्वोच्चको आदेशले नेपाल टेलिभिजनको परीक्षा रोकियो

सर्वोच्चको आदेशले नेपाल टेलिभिजनको परीक्षा रोकियो

नेपाल टेलिभिजनको आन्तरिक प्रतिस्पर्धा खुला तथा समावेशीपतर्फका विभिन्न विज्ञापनको लिखित परीक्षा स्थगित भएको छ ।

आगामी साउन ३० गतेबाट भदौ १४ गतेसम्म तय भएको परीक्षा अन्तिम समयमा रोकिएको हो । लोकसेवा आयोगले परीक्षा मिति तोकेपनि सर्वोच्च अदालतले अर्को आदेश जारी नभएकासम्म लिखित परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।

‘सर्वोच्च अदालतबाट मिति २०७९–४–२६ मा अर्को आदेश जारी नभएसम्म लिखित परीक्षा सञ्चालन नगर्नु नगराउनु भनि अल्पकालिन अन्तरिम आदेश प्राप्त भएकोले आयोग (अध्यक्षस्तर) को मिति २०७९–४–२६ को निर्णयानुसार उक्त कार्यक्रमहरु स्थगित गरिएको सबैमा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।

आयोगले २०७६ सालमा नेपाल टेलिभिजनको विभिन्न पदका लागि आवेदन माग गरेको थियो । तर, तीन वर्ष बितिसक्दा पनि परीक्षा सञ्चालन हुन सकेको छैन् ।

टिप्पणीहरू