बिहान खाना खाएर हिँडेका मानबहादुर दिउँसाे मृत फेला
पाल्पामा एक पुरुष मृत भेटिएका छन् । रामपुर नगरपालिका–५, मटेरीका ५५ वर्षीय मनबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
आज बिहान खाना खाएर घरबाट हिँडेका उनी दिउँसो मृत भेटिएका हुन् । सडक छेउमा विकको लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू