हप्ता दिनमा ३३ दल दर्ता

हप्ता दिनमा ३३ दल दर्ता

निर्वाचन आयोगमा हिजो साँझसम्म ३३ राजनीतिक दलले नाम दर्ता गराएका छन् । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको निम्ति आयोगमा पुनः दल दर्ता गर्नुपर्ने तालिकाअनुसार ती दलले नाम दर्ता गराएका हुन् ।

गत आइतबारदेखि हिजो साँझसम्म ३३ राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिएका छन् । दल दर्ताको लागि आगामी मंगलवारसम्म समयसीमा तोकिएको छ ।

टिप्पणीहरू