सशांक कोइराला चढेको हेलिकोप्टर गल्छीमा एकाएक ल्याण्ड
नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला सवार हेलिकप्टर साँझ धादिङको गल्छीमा रोकिएको छ ।
धनगढीबाट भैरहवा हुँदै काठमाडौं आएको प्रभु हेलिकप्टर खराब मौसमका कारण गल्छीमा ल्याण्ड गरिएको बताइन्छ ।
साँझ ५ बजे धनगढीबाट उडेको हेलिकोप्टर एक्कासी उत्पन्न खराब मौसमका कारण काठमाडौ छिर्न नसकेको हो ।
त्यसपछि धादिङको गल्छीमा ल्याण्ड गराएर सडक मार्गबाट कोइरालालाई राजधानी ल्याइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू