गाउँपालिकाका अधिकृत नै घुस्याहा
कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ । सामानको बिल भुक्तानी दिने क्रममा सेवाग्रहीसँग घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।
उनलाई गत साउन १ गते अख्तियार कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट ३० हजार घुस लिएको आरोपमा पक्राउ गरेको थियो ।
सोही अवस्थामा उनीमाथि अख्तियारले अनुसन्धान गरेको हो । अनुसन्धानको क्रममा मोहन्यालका अधिकृत छैठौं तहका बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्नको निम्ति सेवाग्राहीसँग ४४ हजार घुस लिएको अख्तियारको आरोप छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम उनलाई कैद र जरिवानाको सजाय गर्न माग दाबी गरेको छ ।
टिप्पणीहरू