सभापति देउवाको दस्तखत मान्य, अरुको अमान्य

सभापति देउवाको दस्तखत मान्य, अरुको अमान्य

नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र लेख्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिने सर्वसम्मत निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सनेपास्थित पार्टी कार्यालयमा हिजो बिहान मुश्किलले १० मीनेट बसेको केन्द्रीय कार्यसम्पादन समिमितको बैठकमा पेश गरिएको प्रस्तावलाई अनुमोदन गरिएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा, उपसभापति धनराज गुरुङ, सह महामन्त्रीहरु बद्री पाण्डे, भीष्मराज आङ्देम्बे, केन्द्रीय सदस्यहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, सुजाता कोइराला, विमलेन्द्र निधि, डा.शेखर कोइराला, सुनिल थापा, रामशरण महतलगायतको उपस्थिति थियो ।

तर पार्टीभित्र डा. शेखर समूह सभापतिको स्वेच्छारी प्रवृत्ति बढ्दै गएको भन्दै रोक्ने उद्देश्यले विभिन्न छलफलमा व्यस्त देखिन्छ । हिजोको निर्णयपछि सभापति देउवाले आफू विरोधी समूहलाई चुनावमा टिकट नदिने अवस्था झन् बढेको उनीहरुको ठहर छ ।

टिप्पणीहरू