रक्सीले मातेका गाउँलेको कुटाइबाट युवकको ज्यान गयो

रक्सीले मातेका गाउँलेको कुटाइबाट युवकको ज्यान गयो

गोरखाको पालुङटारमा गाउँलेको कुटाइबाट एक युवकको ज्यान गएको छ ।

स्थानीय पालुङटार नगरपालिका ५, धरमपानी बस्ने ३५ वर्षीय बुद्धिबहादुर बिकको कुटपिटबाट ज्यान गएको छ । घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

आरोपी चार जनाले मादक पदार्थ सेवन गरी बुद्धिलाई निर्घात कुटेका थिए । सोही क्रममा गम्भीर घाइते भएका उनको आँपपिपल अस्पताल, पालुङटारमा निधन भएको हो ।

स्थानीय ३४ वर्षीय राम शरण विकलगायत चार जनालाई गएराति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सबैमाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू