बालेनको ठाउँ ताक्दै सभापतिका दाइ
साढे २ वर्षपछि रिक्त हुने काठमाडौं महानगरपालिकाको मेयरमा रविका दाजु हरिशरण लामिछानेले अहिल्यै दावी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच बिहानीपख भएको लिखत सहमतिपछि रविका दाजुले काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा आफ्नो दावी सार्वजनिक गरेका छन्।
हरिशरण लामिछानेले सामाजिक सञ्जालमा लेख्दै साढे २ वर्षपछिको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेका हुन् । उनी रेडियो नेपालका अवकाशप्राप्त कर्मचारी हुन् ।
भदौ २४ गतेको जेन जी विध्वंशको समयमा सिंहदरबार जलाइँदा उनले रेडियो नेपालको स्टुुडियो छिरेर राष्ट्रिय प्रशारणलाई १५ मीनेट आफ्नो कब्जामा लिएका थिए ।
टिप्पणीहरू