देउवा र ओली एकातिर, प्रचण्ड छुट्टै
प्रधानमन्त्री सुशीला कार्की शीतल निवास पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको बैठकमा सहभागी हुन उहाँ त्यहाँ पुग्नुभएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड त्यसअघि नै पुगिसक्नुभएको छ ।
अहिले राष्ट्रपति पौडेलसहित प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच छलफल जारी छ । देउवा र ओली एउटै लहरमा बस्दा प्रचण्ड भने एक्लै अर्को लहरमा बसेको देखिन्छ । एमाले र कांग्रेस संसद पुनस्थापनाको मागसहित सर्वोच्च गएको पृष्ठभूमिमा आयोजित आजको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
टिप्पणीहरू