आज पनि निको हुनेभन्दा संक्रमित धेरै, दुईको निधन

आज पनि निको हुनेभन्दा संक्रमित धेरै, दुईको निधन

पछिल्लो २४ घण्टामा थप चार सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । चार हजार आठ सय २९ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार तीन सय आठ जनामा गरिएको पिसीआर परीक्षणमा तीन सय पाँच र दुई हजार पाँच सय २१ एन्टिजेन परीक्षणमा एक सय ५० जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा तीन सय दुई जना कोरोना संक्रमित निको भएका छन् । हाल कोरोना संक्रमित निको हुने दर ९८.२ प्रतिशत छ । मुलुकभर पाँच हजार चार सय ३५ सक्रिय संक्रमित छन् ।

आज थप दुई जनाको कोरोनाको कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ८८ पुगेको छ ।

टिप्पणीहरू