श्रीलंकन एअरको जहाज चढेर राजदूत मिश्र कोलम्बो प्रस्थान

श्रीलंकन एअरको जहाज चढेर राजदूत मिश्र कोलम्बो प्रस्थान

श्रीलंका र माल्दिभ्सका लागि नवनियुक्त नेपाली राजदूत वासुदेव मिश्र कोलम्बो प्रस्थान गरेका छन् । आज श्रीलंकन एअरको जहाजबाट उनी राजदूतको कार्यभार सम्हाल्न संकटग्रस्त मुलुक कोलम्बोतर्फ लागेका हुन् ।

१२१ जना नेपाली र १० जना विदेशी यात्रु बोकेको श्रीलंकन एयरको उडान नम्बर युएल-१८२ मार्फत दिउँसो सवा १ बजे राजदूत मिश्रको टोली श्रीलंका उडेको हो ।

टिप्पणीहरू