अल्मुताईरीले निकालेका १० खेलाडीलाई हुमागाईले बोलाए

अल्मुताईरीले निकालेका १० खेलाडीलाई हुमागाईले बोलाए

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमबाट निकालेका सबै खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । अल्मुताईरीको अनुपस्थितिमा राष्ट्रिय टोली सम्हाल्ने जिम्मेवारी पाएका सहायक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले उनीहरुलाई टिममा फर्काएका हुन् ।

बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि हुमागाईंले ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउँदा कारवाहीमा परेका सबै खेलाडी समेटिएका छन् । नेपालले भदौ ११ गते घरेलु मैदानमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसका लागि अलमुताईरीले २३ खेलाडीको सूची अखिल नेपाल फुटबल संघ (एन्फा) लाई बुझाएका थिए । उक्त सूची खारेज गर्दै सहायक प्रमुख प्रशिक्षक हुमागाईंले ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका हुन् ।

अल्मुताइरीसँग विवादका कारण पूर्वकप्तान किरण चेम्जोङ्गसहित सिनियर खेलाडी राष्ट्रिय टिमबाहिर रहेका छन् । प्रारम्भिक प्रशिक्षणमा परेसँगै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट सुजल श्रेष्ठ, किरण चेम्जोङले पुनरागमन गरेका हुन् ।

त्यस्तै, त्रिभुवन आर्मी फुटबल क्लबका भरत खवासले पनि लामो समयपछि पुनरागमन गरेका छन् ।

नेपाली टिम:

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

रक्षकः अनन्त तामाङ, रोहित चन्द, विकाश तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकाश खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अनन्त तामाङ

मिडफिल्डरः सञ्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डांगी, सुरजजिउ ठकुरी, सुवास गुरुङ, आभाष लामिछाने, सुनिल बल, आयुश घलान, सुजल श्रेष्ठ, अञ्जन विष्ट

फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

टिप्पणीहरू