शीतल निवासबाट त्यत्तिकै फर्कियो नागरिकता बिधेयक

शीतल निवासबाट त्यत्तिकै फर्कियो नागरिकता बिधेयक

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामै फिर्ता पठाउनु भएको छ ।

संघीय संसदका दुवै सदनले पारित गरेर सभामुख अग्नि सापकोटाले साउन १५ गते प्रमाणीकरणका लागि पठाएको विधेयक आज राष्ट्रपति कार्यालयले फिर्ता गरेको हो ।संघीय संसदले प्रमाणीकरणका लागि पठाएको विधेयक पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाईएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। शीतल निवासबाट आज यस्तो कदम चालिँदैछ भनेर हिजो राती नै जनआस्थाले समाचार लेखेको थियो ।

याे पनि हेर्नुहाेस :

https://www.janaaastha.com/archives/114398

टिप्पणीहरू