ओली र लिङ्देनबीच मिलेर जाने बालकोटमा सहमति

ओली र लिङ्देनबीच मिलेर जाने बालकोटमा सहमति

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । शुक्रवार भएको वार्तामा उहाँहरुबीच उक्त सहमति भएको राप्रपाका नेताहरुले बताएका छन् ।

‘सैध्दान्तिक रुपमा दुवै पक्ष सहमत भएका छन् । आवश्यकताअनुसार तालमेल गर्ने कुरो भएको छ,’ एक जना नेताले भने । तर निर्वाचनमा उठ्ने सिटको संख्याबारे फाइनल कुरो नभएको एमाले नेताहरुले पनि स्वीकारेका छन् । आगामी दिनमा छलफल गर्दै अघि बढ्ने र निर्वाचन क्षेत्रको निक्र्यौल गर्ने सल्लाह छ ।

पर्सि दुबै दलबीच कार्यदल बनाएर अघि बढ्ने सहमति भएको राप्रपा अध्यक्ष लिङ्देनलाई उद्धृत गर्दै स्रोतले जानकारी दिएको छ । कूल १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये कुन ठाउँमा कसको पकड हुने भन्नेबारे विगतको मत,स्थानीय चुनावको परिणाम र पछिल्लो अवस्थालाई आधार मानिने मौखिक सहमति भएको बताइन्छ ।

राप्रपा र एमालेबीच सहमति भएको कुरो सुनेपछि कमल थापाले के गर्लान् ? भनेर सोधिएको जिज्ञासामा राप्रपाका उनै नेताले भने, ‘त्यो उनको कुरो हो । उनले पनि राजनीतिक पसल थापेर बसेका छन् । उनको पसलमा ग्राहक पनि जानु पर्यो नि !’ दुबैथरी राप्रपासङ्ग सल्लाह,सहमति जे भए पनि सार चाहिँ झापा र मकवानपुरबाट यी तीन नेता एकार्काको साथ सहयोगमा कसरी जित्ने भन्ने नै हो । अरु त सब देखावटी कुरा हुन् ।

टिप्पणीहरू