नागरिकता विधेयक फिर्ताको विरोध पूर्व–पश्चिम राजमार्गमा पोखियो
नेपाली काँग्रेसका कार्यकर्ताले नागरिकता विधेयक फिर्ता गरिएको भन्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संसद्मै फिर्ता पठाएको विरोधमा उनीहरुले धनुषा–ढल्केबर सडक खण्डमा चक्काजाम गरेका हुन् ।
आन्दोलनमा उत्रिएका काँग्रेस कार्यकर्ताले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्नुपर्ने, संविधानका धारा लागू गर्नुपर्ने नारा लगाउँदै आधा घण्टासम्म चक्काजाम गरेका हुन् ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने उनीहरूको माग छ ।
टिप्पणीहरू