चुनावको तीन महिना अगावै विदेशबाट आवेदन मागियो

चुनावको तीन महिना अगावै विदेशबाट आवेदन मागियो

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई पर्यवेक्षणको निम्ति आवेदन खुल्ला गरेको छ । निर्वाचनका गतिविधिलाई विश्वसनीय तुल्याउन उक्त व्यवस्था गरिँदै आएको आयोगको भनाइ छ ।

आयोगले इच्छुक अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई नियमानुसार आवेदन पेश गर्न सूचना जारी गरेको हो । त्यस्तो निवेदन आगामी भदौ १२ गतेसम्म आयोगमा आइपुग्नुपर्ने बताइएको छ ।

निर्वाचन सम्बन्धी काम कारवाहीको विश्वसनीयता अभिवृद्धि गर्न निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षण टोली खटिने चलन विश्वका लोकतान्त्रिक मुलुकमा कायम छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/08/election.pdf”]

टिप्पणीहरू