नागरिकता विधेयकबारे काँग्रेसभित्रै फरक धारणा

नागरिकता विधेयकबारे काँग्रेसभित्रै फरक धारणा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको बताएका छन् ।

आज आफ्नो दलबाट स्थानीय निर्वाचनमा विजयी जनप्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण तथा शुभकामना कार्यक्रममा बोल्दै थापाले विधेयक फिर्ता गर्नु असंवैधानिक कदम भनेर आलोचना गर्न नहुने धारणा राखेका हुन् ।

थापाले राष्ट्रपतिले गर्नुभएका टिप्पणी के के छन् र कस्ता कस्ता छन् भन्ने विषयमा पार्टी र गठबन्धन सरकारले छलफल गरेर अगाडि बढ्ने भएकाले आलोचना नगर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको विधेयक राष्ट्रपतिले फिर्त पठाएर गम्भीर गल्ती गरेको प्रतिक्रिया दिइसकेका छन् । अन्य नेताहरुको पनि मिश्रित प्रतिक्रिया आएको छ ।

टिप्पणीहरू