माओवादी केन्द्रको नाम अन्तिमतिर
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आज निर्वाचन आयोग पुगेर आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको निम्ति माओवादीले दल दर्ता प्रक्रिया अगाडि बढाएको बताइएको छ ।
दल दर्ताका लागि नेताहरू लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायलगायतको टोली आयोग पुगेको थियो ।
आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि साउन २१ देखि भोलिसम्म दल दर्ताको लागि समय निर्धारण गरेको छ ।
टिप्पणीहरू