हृदयेश त्रिपाठी पनि बालकोटमा

हृदयेश त्रिपाठी पनि बालकोटमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न त्रिपाठी आज उहाँको निवास बालकोट पुग्नु भएको बताइएको छ ।

भेटमा नागरिकता विधेयक र आगामी चुनावमा गठबन्धन गरेर अघि बढ्नेबारे कुराकानी भएको बुझिएको छ । आगामी निर्वाचनमा कुनै पनि पार्टीको एकल बहुमत नआउने त्रिपाठीको भनाइ छ ।

सत्ताधारी दलहरुको गठबन्धन जस्तै विपक्षीहरुबीच पनि गठबन्धन बनाएर चुनावमा जाने विषयमा छलफल भएको स्रोतको दाबी छ । चुनावपछि हुने गठबन्धन अवसरवादी हुने भएकाले चुनावअघि नै गठबन्धन गर्नुपर्नेमा त्रिपाठीको जोड देखिन्छ ।

अध्यक्ष त्रिपाठीले यसअघिको निर्वाचनमा एमालेकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएर विजयी भएका थिए । अघिल्लो ओली नेतृत्वको सरकारमा त्रिपाठी सामान्य प्रशासन र स्वास्थ्य तथा जनसख्यामन्त्रीको जिम्मेवारीमा थिए ।

टिप्पणीहरू