आज झण्डै नौ सय संक्रमित, एक जना बिते
पछिल्लो २४ घण्टामा थप आठ सय ८८ जनामा कोरोना संक्रमण भेटिएको छ । पाँच हजार सात सय ३७ जनामा गरिएको परीक्षणमा उक्त संख्या पुष्टि भएको जानकारी दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार एक सय ५५ जनामा गरिएको पिसीआर परीक्षणमा चार सय २७ र दुई हजार पाँच सय ८२ एन्टिजेन परीक्षणमा चार सय ६१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा चार सय ७४ जना कोरोना संक्रमित निको भएका छन् । हाल कोरोना संक्रमित निको हुने दर ९८।३ प्रतिशत छ । हाल मुलुकभर पाँच हजार तीन सय ८७ सक्रिय संक्रमित छन् ।
आज थप एक जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा एक सय ९८, भक्तपुरमा २४ र ललितपुरमा ४२ जना संक्रमित थपिएका छन् ।
टिप्पणीहरू