संसदमा भन्दा सांसदहरु बाहिर धेरै
प्रतिनिधि सभाको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुग्ने रोग फेरि दोहोरिएको छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् बैठकमा महत्वपूर्ण विधेयक पारित गर्ने बेलामा सांसदहरू अनुपस्थित भएपछि रिसाउनुभएको छ ।
आज संघीय संसद् सचिवालयमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले विधेयक पास गर्ने बेलामा सांसदहरूको अनुपस्थितिप्रति चर्को असन्तुष्टि जनाउनु भएको छ । संसद्को गतिविधिलाई जनताले नजिकबाट नियालिरहेको भन्दै सभामुखले बैठकमा उपस्थित हुन पटक पटक घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेर विधेयक परित गर्न गाह्रो भएको गुनासो गर्नुभएको हो ।
महत्वपूर्ण विधेयक पारित गर्ने क्रममा पनि गणपूरक संख्या नपुग्दा पटक पटक प्रतिनिधिसभाको बैठक स्थगित गर्नुपरेको छ । हिजोको बैठकमा पनि गणपूरक संख्या नपुगेर दुई पटक प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो ।
टिप्पणीहरू