प्रधानसेनापति फेरि शीतल निवासमा

प्रधानसेनापति फेरि शीतल निवासमा

प्रधानसेनापति प्रभुराम शर्मा हिजो दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुग्नुभएको छ । उहाँले राष्ट्रपति भण्डारीसँग दिउँसो पौने २ बजेदेखि दुई घण्टा बढी शिष्टाचार भेटवार्ता गरेको त्यहाँका प्रेस अधिकारी टीका ढकालले बताए ।

शर्मा अपरान्ह चार बजेपछि मात्रै त्यहाँबाट बाहिरिनुभएको थियो । प्रधानसेनापति अघिल्लो साता इण्डो प्यासिफिक सम्मेलनमा भाग लिएर अष्ट्रेलियाबाट फर्केपछि शीतल निवास जानुभएको थियो । हिजोको भेटवार्ताको विषयबारे केही जानकारी गराइएको छैन ।

हिजै नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई भदौ २० गते आउने गरी नेपाल भ्रमणको औपचारिक निम्तो पठाएको छ । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले भारतीय सेनाध्यक्षलाई भ्रमणको निम्तो पठाउन सेनालाई स्वीकृति दिएको थियो । राष्ट्रपति सेनाको परमाधिपति हुनुहुन्छ ।

टिप्पणीहरू