सर्वोच्चद्वारा भुवन केसीको फाइल झिकाउन आदेश

सर्वोच्चद्वारा भुवन केसीको फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।साथै सर्वोच्चले बोर्डको अध्यक्षमा केसीलाई नियुक्ति गर्नुको कारण माग पनि मागेको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित पाँच जनाले गत शुक्रबार रिट दायर गरेका हुन् ।

टिप्पणीहरू